म्याङलुङको पाथीभरामा खानेपानी



तेह्रथुम, २४ फागुन । तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका–१, बसपार्क नजिकैको डाँडामा पाथीभरा देवीको मन्दिरमा खानेपानीको सुविधा पुगेको छ ।

म्याङलुङ खानेपानी उपभोक्ता समितिले मन्दिरको दर्शन गर्न तथा घुमफिरका लागि आउने दर्शनार्थीलाई लक्षित गर्दै खानेपानी सुविधा पु¥याएको हो । मन्दिरको करिब ४५० मिटर तलबाट मोटरबाट पानी तानेर पाथीभरा डाँडामा हिल ट्याङ्कमा जम्मा गरेर २४ सैँ घन्टा खानेपानी उपलब्ध गराइएको अध्यक्ष शुभभगत प्रधानाङ्गले बताउनुभयो ।

जिल्लाको सदरमुकाममा रहेकाले यो मन्दिर यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने गरेको छ । मन्दिर परिसरमा म्याङलुङ नगरपालिकाले बालबालिकाका लागि पार्कसमेत बनाएकाले सो क्षेत्रमा मुख्यतः शनिबार भीड लाग्ने गर्छ ।

अन्य दिनमा समेत मन्दिरमा दर्शनार्थी आउनेजाने क्रम चलिरहन्छ । मन्दिर परिसरमा पानीको सुविधा पुगेकाले अब यहाँ आउने दर्शनार्थीलाई सजिलो हुने अध्यक्ष प्रधानाङ्गले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्