कामपामा यसरी राखिँदै निर्वाचन बुथ



Person voting

ईश्वरराज ढकाल, काठमाडौंं

स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडामा सबैभन्दा बढी मतदान केन्द्र रहने भएको छ। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा जम्मा ३२ वटा वडा कायम गरी कामपाले मतदान केन्द्र र बुथ तय गरेको हो। निर्वाचन आयोगले १ हजारदेखि १ हजार ५ सय संख्यालाई एक केन्द्र कायम गरी केन्द्र संस्था तोकेर पठाउन आग्रह गरेपछि कामपाले प्रस्तावित ३२ वटै वडाको केन्द्र र बुथ तय गरेको हो। स्थानीय दलका प्रतिनिधि, पूर्व वडाका अध्यक्ष, नागरिक समाजसहितको आधिकारिक निर्णय गरी केन्द्र र बुथ संख्या प्रस्ताव गरेको हो। प्रस्तावित संख्या जिल्ला निर्वाचन आयोगले तय गर्नेछ। कामपा प्रशासन महाशाखाका प्रमुख हरि कुँवरले कामपामा निर्वाचन आयोगले पुनर्संरचना आयोगको प्रतिवेदनका आधारमा मर्ज गरिएको वडाबाहेक ३२ वटा बडाको सिफारिस गरी केन्द्र र बुथ तोकेको बताउनुभयो।

हालसम्म कामपामा ३५ वटै वडा कायम रहेका छन्। स्थानीय जनप्रतिनिधि र संयन्त्रले आयोगको प्रतिवेदन बुझाउने क्रममा महानगरक्षेत्रको वडा समायोजन (मर्ज) गरेकोमा आपत्ती जनाएका थिए। ‘मतदान केन्द्र पुनरवलोकन सिफारिस समितिले दिएको सिफारिसलाई जिल्ला निर्वाचन समितिले स्वीकृत गरेपछि कतिवटा केन्द्रमा कति बुथ राख्ने भन्ने निर्णय हुनेछ।’ –प्रशासन महाशाखाका अधिकृत सरस्वती पोखरेलले भन्नुभयो। हाल कायम गरिएको केन्द्रमध्ये साविकको ३४ वडालाई परिवर्तन गरी ३१ कायम गरिएको वडामा ११ मतदान केन्द्र र २५ वटा बुथ प्रस्ताव गरिएको छ। वडा नम्बर १ मा ३ केन्द्रमा ५ वटा बुथ रहने प्रस्ताव गरिएको छ।

सबैभन्दा कम केन्द्र र बुथ यो वडामा रहनेछ। वडा नम्बर २ मा ४ केन्द्रमा ८ वटा बुथ, ३ मा ४ केन्द्रमा १२ बुथ, ४ मा ६ केन्द्रमा १८ बुथ, ५ मा ३ केन्द्रमा ७ बुथ, ६ मा ७ केन्द्रमा १८ बुथ, ७ मा ९ केन्द्रमा १८ बुथ, ८ मा ३ केन्द्रमा ७ बुथ, ९ मा ९ केन्द्रमा १७ बुथ, १० मा ४ केन्द्रमा १३ बुथ, ११ मा ४ केन्द्र ८ बुथ, १२ मा ३ केन्द्रमा ७ बुथ, १३ मा ६ केन्द्रमा १४ बुथ, १४ मा १४ केन्द्रमा २२ बुथ, १५ मा ६ केन्द्रमा १७ बुथ, १६ मा १० केन्द्रमा २४ बुथ संख्या प्रस्ताव गरिएको छ। वडा सचिवको संयोजकत्वमा सबै वडामा बैठक बसेर बुथ संख्या प्रस्ताव गरिएको हो। संरचना आयोगको प्रतिवेदन लागू नहुँदै मर्ज गरेर सर्वेक्षण गर्दा केही समस्या आएको कुँवरले बताउनुभयो।
प्रस्तावित केन्द्रअनुसार १७ वडामा ४ केन्द्र ११ बुथ, १८ मा ३ केन्द्र ६ बुथ, १९ मा २ केन्द्र ७ बुथ, २० मा २ केन्द्र ७ वटा बुथ, २१ मा ४ केन्द्र ८ बुथ, २२ वडा (साविकको २२ र २४ वडा)मा ४ केन्द्र ९ बुथ, २३ मा १ केन्द्र ५ बुथ, २४ मा (साविकको २५ र २६) २ केन्द्र ६ बुथ प्रस्ताव गरिएको छ। मर्ज गरिएको वडा भएकाले सो वडामा स्थानीय वडाबासीले विरोध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। २५ मा (साविकको २७ र २८) ४ केन्द्रमा ८ बुथ, २६ मा (साविकको २९ लाई २६) ८ केन्द्रमा १५ बुथ, २७ मा (साविकको लाई ३० वडा) मा ४ केन्द्रमा ४ वटै बुथ, २८ मा (साविकको ३१) ४ केन्द्रमा ६ बुथ, ३० मा (साविकको ३२) वडामा ४ केन्द्र र ४ वटै बुथ र ३२ मा (साविकको ३५) वडामा ९ वटा केन्द्रमा २४ वटा बुथ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्