अक्षयकोषका लागि रु पाँच लाख रकम हस्तान्तरण



रामपुर (पाल्पा), १९ फागुन । पाल्पाली समाज युएई समाजले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु पाँच लाख रकम हस्तान्तरण गरेको छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा सो रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेको छ । समाजले एक गाविस एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको दोस्रो चरणमा २० विद्यालयका लागि रु २५ हजारका दरले अक्षयकोष रकम हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउन जिल्लाका ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ समाज अगाडि बढेको महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० गाविसका विद्यालयमा पुगेर अक्षयकोष रकम हस्तान्तरण गरिसकिएको छ ।

तीन चरणमा पूरा हुने गरी अक्षयकोष स्थापना अभियानमा प्रतिविद्यालय रु २५ हजारका दरले ६० विद्यालयमा १५ लाखको कोष स्थापना गर्ने समाजका खुमबहादुर आलेले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्