डा श्रेष्ठद्वारा डेढ लाखभन्दा बढीको आर्थिक सहयोग



गुल्मी, १९ फागुन । गुल्मीको एक विद्यालयलाई एकै व्यक्तिबाट डेढ लाखभन्दा बढीको आर्थिक सहयोग प्राप्त भएको छ ।

बुटवलमा बसोबास गदै आउनुभएका डा प्रायश्चित श्रेष्ठले गुल्मीको जोहाङ–५ मा रहेको ज्ञानोदय निम्नमाविका लागि रु एक लाख ५५ हजार ५५५ प्रदान गर्नुभएको हो । दोलखा जिल्ला निवासी डा श्रेष्ठ लुम्बिनी अञ्चल अस्पतालका निवर्तमान अध्यक्षसमेत हुनुहुन्थ्यो ।

उक्त रकम श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सवका अवसरमा प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

वरिष्ठ चन्दादाता डा श्रेष्ठलाई विद्यालयले स्वर्ण महोत्सवका अवसरमा प्रमुख अतिथि नेपाली काँगे्रसका केन्द्रीय एवम् गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्