टिपरको ठक्करबाट एक युवकको मृत्यु


विराटनगर, १८ फागुन । मोरङको बेलवारीमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ताप्लेजुङ घर भएका हाल बेलवारीमा डेरा लिई बसेका अन्दाजी ३० वर्षीय लक्ष्मी खरेलको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीले जनाएको छ ।

पुरानो बेलबारीस्थित राजमार्गमा उनलाई ठक्कर दिने ना ५ ख ५५१० नंको टिपरसहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।