उजिरसिंहको पूर्ण कदको सालिक निर्मित



पाल्पा, १७ फागुन । जितगढी युद्धमा नेपाली फौजका सेनापति बनेका कर्नेल उजिरसिंह थापाको पूर्ण कदको सालिक यहाँ निर्माण भएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घको रु छ लाख र चण्डीप्रसाद गणको झन्डै रु पाँच लाख बराबरको श्रमदानमा तानसेनको टुँडिखेलमा पूर्ण कदको सालिक निर्माण भएको हो । त्यहाँ थापाका साथै अरु दुई सैनिकको पनि सालिक निर्माण गरिएको सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

चण्डीप्रसाद गणले सालिकको संरक्षण गर्दै आएको छ । जितगढी किल्लामा नेपाल–अङ्ग्रेज युद्धमा खटिएका थापाले तानसेनस्थित भगवती देवीसँग आशीर्वाद लिई अङ्ग्रेजलाई हराएका थिए । नेपाली फौजले विजय हासिल गरेपछि थापाले भगवती यात्रा पनि बर्सेनि निकाल्दै आएका थिए । सो जात्रा अहिले पनि हर्षाेल्लासका साथ तानसेनमा मनाउने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्