गैह्र सैनिक व्यक्तिहरुलाई ओ.पि.डि. सेवा सञ्चालन



महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को पावन अवसरमा नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको आवश्यक समन्वयमा आज मिति २०७३ फागुन १५ गतेबाट सार्वजनिक विदाको दिन बाहेक दैनिक रुपमा ३ः३० वजेदेखि ५ः०० वजेसम्म छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा गैह्र सैनिक व्यक्तिहरुलाई ओ.पि.डि.सेवा सञ्चालन गर्न मिलाईएको छ ।

साथै, नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निकट भविश्यमा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत रहेको छ ।

यस प्रकारको कार्यबाट गैह्र सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरीक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ । गैह्र सैनिक व्यक्तिहरुलाई यस प्रकारको सेवा प्रदान गर्न पाएकोमा नेपाली सेना गौरव महसुस गर्दछ ।

प्रतिक्रिया दिनुहोस्