युवती बलात्कार गर्ने पुरुष पक्राउ



अनिल खत्री

गुल्मी, फागुन १५ । बाइस बषिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस –९ का ७३ बर्षिय चुन्न प्रसाद रानालाई पक्राउ गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले जानकारी दिए ।

पीडित युवतीको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । आरोपित रानालाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्