अस्पतालको सेवा गुणस्तरीय



हुनुपर्छः थापा
काठमाडौं, (नेस)
स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालले गुणस्तरीय सेवा सुविधा प्रदान गर्नुपर्ने बताउनुभएको छ। उहाँले नागरिकलाई सहज र गुणस्तरीय सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभएको हो।

राजधानीको सोह्रखुट्टेमा निर्माण भएको २५ शैयाको एरा हेल्थ सेन्टरको उद्घाटन गर्दै मन्त्री थापाले विदेशी पर्यटक लक्षित हस्पिटलमा महँगो लगानी मात्र नभई सेवा र सुविधा गुणस्तरीय दिनुपर्ने बताउनुभयो। मन्त्री थापाले भन्नुभयो– ‘नेपाल सरकारले तोकेको मापदण्ड पुर्याएर सञ्चालनमा आएको यस सेन्टरले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत््त््वपूर्ण भूमिका खेल्नेछ।

सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको छ। यस सेन्टरबाट स्वदेशी तथा विदेशी पर्यटकहरूले आवश्यकअनुसार मेडिकल इमर्जेन्सीजको लाभ लिन सक्छन्। सेन्टरका अध्यक्ष एवं मेडिकल डाइरेक्टर डा. गिर्वाणराज तिमिल्सिनाले अस्पताल नेपालभरिकै एउटा उत्कृष्ट ट्राभलर सेन्टर भएको बताउनुभयो। नेपालमा विदेशीका लागि मात्र भनी खोलिएका अस्पताल नगन्य भएको अवस्थामा यस सेन्टरले पर्यटकहरूको स्वास्थ्य उपचारमा महत््त््वपूर्ण भूमिका निर्वाह गर्ने अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्