गोल्डेन अस्पतालले पत्रकारलाई निःशुल्क उपचार गर्ने



विराटनगर, ११ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु ४० हजारसम्म लिने घोषणा गरेको छ ।

जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताउनुभयो ।

यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उहाँले जानकारी दिनुभयो ।

वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गर्नुभयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्