खेल क्षेत्रमा राज्यको लगानी नै कम,एमाले सचिव बिष्ट



अनिल खत्री,गुल्मी फागुन ११ ।

एमाले सचिव तथा सांसद गोकर्ण बिष्टले खेडालीहरुलाई खेल क्षेत्रमा राज्यको लगानी नै कम भएपनि बर्तमानलाई टेकेर सफतला खोज्न आग्रह गरेका छन् ।

सदरमुकाम तम्घासमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उद्घाट गर्दै नेता बिष्टले अहिलेकै अवस्थामा पनि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रि क्षेत्रमा देखाएको कार्य कुशलता प्रसंसनिय भएको बताए । उनले प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई शुभेच्छा प्रकट गर्दै निरन्तरको लगाव र मेहेनतका साथ अगाडी बढ्न आग्रह गरे ।

पछिल्लो समय गाउँहरुमा खेल मैदानहरु निर्माण गर्ने र युवाहरुलाई खेल क्षेत्रमा प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरु संचालन भएकाले उत्साहित भएर खेल क्षेत्रमा लाग्न खेलाडीहरुलाई आग्रह गरे । उनले समग्र खेल क्षेत्रको विकासका निम्ती आफु र आफ्नो पार्टी गम्भिर भएकाले आगामी दिनमा वजेट र कार्यक्रम धेरै आउने बताए ।

सोहि कार्यक्रममा विभिन्न प्रतियोगीतामा उत्कृष्ट बिद्यालय र बिद्यालयलाई सम्मान समेत गरिएको थियो ।

तीन दिन सम्म संचालन हुने प्रतियोगीतामा ५० बिद्यालयले सहभागीता जनाएका छन् । यस अघि क्षेत्र नं १ को कुर्घामा फागुन ३, ४ र ५ गते, क्षेत्र नं २ मा फागुन ७, ८ र ९ गते तथा क्षेत्र नं ३ मा माघ २८, २९ र फागुन १ गते क्षेत्रिय छनोट सम्पन्न भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केशीले बताए ।

प्रतियोगीतामा भलिवल, एथ्लेटिक्स, कर्बर्दी, हाइजम्प, लङजम्प, सटुफुट र ज्यावलिङ्ग थ्रो लगायतका खेलहरुमा प्रतिस्प्रर्धा हुने खेलकुद विकास समितिका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्