वाम गठबन्धनको पकडमा रूपन्देहीको नेतृत्व



नेपाल समाचारपत्र
बुटवल
नेपाल पत्रकार महासंघ रूपन्देहीको दशौं अधिवेशनबाट वाम गठबन्धनको नेतृत्व गर्नुभएका यानेन्द्र जिसी अध्यक्षमा निर्वाचित भएका छन।

प्रेस चौतारी, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलबाट जिसी निर्वाचित भएका हुन्। निर्वाचन परिणामअनुसार अध्यक्षका प्रत्यासी खिमानन्द भट्टराईलाई पछाडि पार्दै जिसी निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित जिसीले कुल १ सय ५२ मत प्राप्त गरे भने प्रत्यासी भट्टराईले कुल १ सय १२ मत ल्याएका थिए। यस्तै महासंघको उपाध्यक्ष पदमा दिनेश पाण्डे निर्वाचित भएका छन्। उनले १ सय २९ र उनका प्रत्यासी हरिश ढकालले १ सय २६ मत ल्याएका छन्। समावेशी महिला उपाध्यक्षमा निरा गौतम निरु विजयी भएकी छिन्।

उनले १ सय ४८ मत ल्याएकी छिन् भने उनकी प्रत्यासी रेखा भुसालले १ सय ६ मत ल्यााएकी छिन्। कार्यसमितको सचिव पदमा राम ्रसाद अचार्य १ सय २९ मत ल्याई विजयी भएका छन्। उनका प्रत्यासी भवानीप्रसाद पाण्डेले १ सय २६ मत ल्याएका छन्।

प्रेस युनियन नेपाल, प्रेस सोसाइटी र संघीय पत्रकार संगठनको प्यानललाई संयुक्त पाँच संगठनको प्यानलले पराजित गरेको हो। सहसचिव खुला पदमा कमल रायमाझी १ सय ४७ मत ल्याउँदै विजयी भएका छन् उनका प्रत्यासी रमेश पोखरेलले १ सय १ मत ल्याएका थिए। समावेशी सहसचिव पदमा विनोद परियार १ सय ५९ मतका साथ विजयी भएका छन् भने उनका प्रत्यासी सुमन रश्मी श्रेष्ठले ९० मत प्राप्त गरे।
कोषाध्यक्ष पदमा १ सय ४१ मतसहित स्वस्तिक श्रेष्ठ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सिपी खनालले १ सय ८ मत ल्याए। त्यस्तै कार्यसमिति सदस्यमा जनजाति कोटामा हिक्मत चौधरी १ सय २६ मतसहित विजयी भए। महिला कार्यसमिति सदस्यमा १ सय ४७ मतसहित माया केसी विजयी भएकी छिन्। कार्यसमिति सदस्य मधेसी कोटामा वीरेन्द्र मिश्रा विजयी भए। समावशी सदस्यमा कृष्ण खनाल विजयी भएका छन्।

कार्यसमिति खुला सदस्यहरूमा विकास पराजुली, प्रकाश आचार्य, भुवन पाण्डे, प्रकाश डुम्रे, कपिल अधिकारी, इन्द्रा खनाल, वीरेन्द्र कुँवर, सञ्जु पौडेल विजयी भएका छन्। त्यस्तै केन्द्रीय पार्षदहरूमा हरि लम्साल, कपिल ज्ञवालीलगायत निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्