तुल्सीलाल वासुकला

0
Shares

तुल्सीलाल वासुकला

तपाईंको मनमा आफूले बनाउने घरको परिकल्पना हुन्छ। देखेको, सुनेको र अनुभव गरेकाले तपाईंका ती धारणा ठीक पनि हुन्छन्। तर त्यस्ता विचारमा प्रायः प्राविधिक पक्ष समेटेको हुँदैन। घर निर्माण गर्दा आउन सक्ने समस्यासित पनि ती अवगत हुँदैनन्। धेरै घरधनीलाई घर निर्माणपूर्व योजना बनाउनुपर्छ भन्ने लाग्दैन। केही घरधनी त नक्सा भनेको स्थानीय निकायबाट ‘पास गर्न लेखिने कागज मात्र हो र बनाउँदा आफ्नो हिसाबले बनाउने हो भन्ने ठान्छन्। ती नक्सा पास भइसकेपछि पिलर घटाउने, कोठा थप्ने, तल्ला बढाउने कुरा गर्छन्। निर्माणकर्मीले नक्साअनुसार बनाउँदा पनि आफूले सोचेजस्तो नभएको, नक्सा नबुझेको कुरा उठाउँछन् र बनिसकेको अंश भत्काउन लाउँछन्। यसरी घरधनीले नक्सालाई मूल्यहीन सम्झेकाले घरको योजनाकारले पनि घरधनीसँग घरको निर्माणको योजनाबारे खुलेर कुरा गर्न चाहँदैनन्। घर बनाउनुअघि पर्याप्त छलफल नगर्दा कमजोर, महँगो र प्रतिकूल बन्न पुग्छ।

घरधनी, आर्किटेक्ट र इन्जिनियर (प्राविधिक) सँगै बसेर घरको खाका, नक्सा र कार्य समय तालिकाबारे सघन छलफल गर्ने र सहमतिमा पुग्ने काम नै घर निर्माणको योजना हो। घरधनीले आफ्नो आवश्यकता, बजेट र घरको प्रयोजनबारे खुलेर कुरा राख्नुपर्छ। इन्जिनियर र आर्किटेक्टले घरधनीको चाहना अनुकूल बनाउँदा घर सुविधाजनक, सुरक्षित र किफायती हुन्छ हुँदैन भनेर स्पष्ट विचार राख्नुपर्छ। घरधनीले पनि यति नै बेला चनाखो भई प्राविधिकका कुरा पहिल्याउनुपर्छ। त्यसपछि आर्किटेक्टले घरको थ्रीडी नमुना बनाउँछन्। हिजोआज कम्युटरका सफ्टवेयर प्रयोग गरी यस्तो नमुना बनाउन सकिन्छ। घरधनीले निर्माणपूर्व नै आफ्नो घर दुरुस्त कम्प्युटरमा हेर्न सक्छन्। नमुना बनाउँदा चाहेको निर्माण सामग्री र मनपर्ने र·समेत राखेर हेर्न सकिन्छ। यो तयारीले घर बनाइसकेपछि दोहोर्याएर काम गर्नुपर्ने झन्झट हुँदैन। नमुना मन परेपछि घरको स्ट्रक्चरसम्बन्धी छलफल गर्नुपर्छ। ढु·ा–माटो, इँटा–सिमेन्ट वा सिमेन्टको पिलर ढलान के गरी बनाउने हो यकिन गर्नुपर्छ। त्यसैअनुसार तपाईंको स्ट्रक्चर इन्जिनियरले घरको संरचनाको कम्युटरमा नमुना बनाएर देखाउनेछन्। यतिखेर घरधनीले आफ्नो घरलाई किफायती र बलियो बनाउने उपायबारे छलफल गर्नुपर्छ।

घरको प्रयोजन ः घर आफैं बस्न, अरूलाई राख्न वा व्यापार व्यवसाय गर्न केका लागि बनाउँदै हुनुहुन्छ, स्पष्ट हुनुस्। प्रयोगअनुसार घरको संरचना बन्छ। अनावश्यक रूपमा घरको क्षेत्रफल वा तल्ला बढाउँदा लगानी बढ्छ र मर्मतसम्भार गाह्रो हुन्छ। भूकम्पीय दृष्टिले जोखिम पनि बढ्छ। आवासीय घर भाडामा दिँदा वा अनुपयुक्त प्रयोगमा ल्याउँदा मानसिक शान्ति खल्बलिन सक्छ। घरमा गरिने लगानी स्थिर पुँजी हो। यो उत्पादनमूलक पुँजी होइन।

निर्माण सामग्रीको छनोट ः वैशाख २०७२ को भूकम्पपछि ढलान गरेपछि घर बलियो हुन्छ भन्ने धेरैलाई लागेको हुन सक्छ। तर यो सञ्चारमाध्यममार्फत् गरिने विज्ञापनको असर हो। तरिका मिलाएर बनायो भने ढु·ा–माटो, इँटा–माटोको घर पनि बलियो हुन्छ। तरिका मिलाएन भने ढलान घर पनि भत्किन सक्छ। ढलान घर बनाउँदा लागत बढ्छ, मर्मत खर्चिलो हुन्छ र भत्काउनुपरे थोरै कुरा मात्र पुनः प्रयोग गर्न सकिन्छ। परम्परागत सामग्रीको प्रयोग गर्दा पुनप्र्रयोग अधिकतम हुन सक्छ। स्थानीय निर्माण सामग्रीको प्रयोग वा पुनप्र्रयोग गरेर पनि सुरक्षित र आकर्षक घर बनाउन सकिन्छ।

आवश्यकता मात्रामा छड वा सिमेन्टको प्रयोग ः ढलान घरमा स्ट्रक्चर डिजाइन गर्न घरधनीहरू अनकनाउँछन्। आफूखूसी छड, सिमेन्ट बढी राख्न भने ती हिच्किचाउँदैनन्। डन्डी कहाँ गाँस्ने भन्ने पटक्कै ख्याल नराखी गाँस्ने भागमा दोब्बर डन्डी राख्तैमा जोर्नी बलियो हुँदैनन्। जग्गाको प्रकृति, क्षेत्रफल, तल्ला, स्ट्रक्चर आदिले घरको जोखिम घटबढ हुन्छ। जोखिम हेरी निर्माण सामग्रीको मात्रा र प्रयोग तय गर्नुपर्छ। स्ट्रक्चर डिजाइन गर्दैमा मोटो डन्डी र ठूलो पिलर राख्नुपर्ने हुँदैन। मान्छेको शरीरको हड्डीजस्तै आवश्यकताअनुसार मात्र डन्डी र पिलरको साइज राख्ने हो। सानो र कम जोखिमयुक्त घरको पिलर साइज सानो र डन्डी पनि कम हुन सक्छ।

कार्य समय तालिकाअनुसार हिँड्ने ः घर निर्माणको योजना बनाउँदा कार्य समयतालिका बनाउनुस्। यसले निर्माण सामग्रीको र कामदारको व्यवस्थापन गर्न सजिलो हुन्छ। समयमा काम नसक्दा लागत बढ्छ। कार्य समय तालिकाले एकपछि अर्को गर्नुपर्ने, सँगसँगै गर्न सकिने काम पनि स्पष्ट हुन्छन्। जस्तो– झ्यालढोका बनाउने काम जग खन्न शुरू गर्दा नै थाले हुन्छ। दोस्रो तल्लाको ढलान हुँदै गर्दा तल्लो तल्लामा झ्यालढोका प्रयोग गरी गारो लाउँदै गरे भयो। तर चाँडो सकाउन घरै कमजोर हुने काम गर्नु ठीक होइन। जगमा राम्ररी माटो नपन्छाई, फर्मासमेत नराखी ढलान गर्ने र ढलानमा पानी दिने कामलाई बेवास्ता गरी हतारहतार माटोले पुर्नाले घरको आधारै बलियो हुँदैन। वैज्ञानिक कार्य समय तालिकाले घर निर्माणको प्रभावकारी सुपरिवेक्षण सजिलो हुन्छ। तपाईंको घर समयभित्रै किफायती, बलियो र आकर्षक बन्न सक्छ।