एक लाख ७१ हजारको मतदाता नामावली तयार



रामपुर (पाल्पा), २ फागुन । जिल्ला निर्वाचन कार्यालय पाल्पामा हालसम्म एक लाख ७१ हजार ८२८ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जसअन्तर्गत ८२ हजार ३७७ पुरुष र ८९ हजार ४५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६८० जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिनुभयो ।

कार्यालयले जिल्लाका ६० गाविस दुई नगरपालिका गरी ९० वटा केन्द्रबाट चरणबद्ध रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य गर्दै आएको छ । अहिले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत जुनसुकै बेला पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ५१ जनाले सेवा लिए मल्याङ्कोटमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट २५१ जनाले सेवा लिएका छन् ।

मल्याङ्कोट गाविसको आयोजना र मल्याङ्कोट पोखरा सम्पर्क मञ्च कास्कीको व्यवस्थापनमा शिविर सञ्चालन भएको हो । स्वास्थ्य चौकी भवन बाहुनडाँडामा चलेको शिविरमा कास्की सेवा अस्पताल पोखराका १३ जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

शिविरमा छाला, हाडजोर्नी, नसा, बालरोग, महिलासम्बन्धी लगायतका रोगको परीक्षण तथा उपचार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्