हिलेमा सुन चोर समात्यो



धनकुटा, २६ माघ । धनकुटा नगरपालिका–१ हिले बजारको पसलबाट सुन चोरी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मङ्गलबार धनकुटामा सार्वजनिक गरिएका सुन चोरी गर्ने सुनसरी इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय मिलन अधिकारी खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताउनुभयो ।

गत माघ २२ गते राति करिब २ बजे रेजिन धमलाको सुन पसलको ढिक फोरेर रु तीन लाख ५० हजार बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको खत्रीले स्वीकार गरेको प्रहरीले जनाएको छ । धनकुटाको हिले बजारमा पक्राउ परेका खत्रीले चोरी गरेको सुनचाँदी समेत प्रहरीले नियन्त्रण लिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्