प्रमिकालाई एसिड प्रहार, उपचारका क्रममा मृत्यु



बुटवल २४ माघ ।
बुटवल उपमहानगरपालिका–६ स्थित मेरी डियन होटलको कोठा नं.१०३ मा बसेका प्रेमिले एसिड प्रहार गर्दा घाइते भएका प्रमिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला धादिङ नौबिसे बस्ने बर्ष २८ को सुनिल कोईराला र जिल्ला नवलपरासी गैडाकोट नगरपालिका– ५ बस्ने बर्ष २७ की तुल्सा सापकोटा संगै बसेकोमा सुनिलले तुल्साको शरीरमा एसिड प्रहार गरी घाइते बनाएकोमा तत्काल लुम्बिनी अंचल अस्पताल बुटवलमा लगिएको थियो ।

आइतबार राति पौने १२ वजेको समयमा कोईरालाले तुल्सालाई एसिड प्रहार गरेको प्रहरीले जनाएको छ ।

अंचल अस्पतालमा उपचार हुन नसकी मेडिकल कलेज भैरहवामा पठाईएकोमा सोमवार दिउसो १२ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सुनिल कोईरालालाई पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्