जिप दुर्घटनामा एकको मृत्यु, सत्र घाइते



नवलपरासी, १४ माघ । तीर्थालु बोकेको जिप आज नवलपरासीमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलबस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्