लगानीकर्तालाई एकै दिन २४ अर्ब नोक्सान



नेपाल समाचारपत्र
काठमाडौं
बिहीबार साताको अन्तिम कारोबार हुँदा नेप्से २१ दशमलव ४७ अंकले गिरावट भई १३७५ दशमलव १४ अंकमा झरेको छ। यससँगै साताभर नेप्से ९० दशमलव ७४ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार नेप्से १३९६ अंकमा खुलेको थियो । बिहीबार समग्र बजार पुँजीकरण १५ खर्ब ७१ अर्ब रुपियाँबाट घटेर १५ खर्ब ४७ अर्ब रुपियाँमा झरेको छ। यसबाट लगानीकर्तालाई एकै दिनमा २४ अर्ब रुपियाँको नोक्सान भएको छ।

बिहीबार १३७ कम्पनीको १० लाख ४५ हजार ४४९ कित्ता शेयर ५१ करोड ५७ लाख ८० हजार ४ सय ६२ रुपियाँमा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ।

यस दिन बैंकिङ समूह १ दशमलव ७५, होटल समूह शून्य दशमलव ३१, विकास बैंक समूह १ दशमलव २८, जलविद्युत् समूह शून्य दशमलव २, फाइनान्स समूह १ दशमलव ३७, बीमा समूह १ दशमलव ५९ र अन्य समूह १ दशमलव ७८ प्रतिशतले घटेको छ। यस दिन प्रभु बैंक, सिद्धार्थ बैंक, इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंकलगायत बैंकहरूको अधिक मात्रामा सेयर किनबेच भएको छ। सबै उपसूचक घटे पनि तारागाउँ रिजेन्सी होटेलका लगानीकर्ताले करिब ९ प्रतिशत एवम् एनआइबी फन्डका लगानीकर्ताले करिब सात प्रतिशत कमाएका छन्। कुल १४ कम्पनीका लगानीकर्ताले बिहीबार नाफा कमाएका हुन्। साथै धेरै गुमाउने एनएमबी बैंक (संस्थापक) शेयरधनी रहेका छन्। संस्थापक लगानीकर्ताले १० दशमलव २५ प्रतिशत गुमाएका छन्। बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १ दशमलव ५६ बिन्दुले घटेको छ।

प्रतिक्रिया दिनुहोस्