गुल्मीमा मालपोत र नापीको काम सदरमुकाम बाहिरबाट पनि



अनिल खत्री
गुल्मी १३ माघ । मालपोत सम्बन्धी कामहरु गर्नको लागि भन्दै जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको छ । गुल्मीको तुराङ्गमा मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरि काम शुरु गरेसगै सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको हो ।

सदरमुकामबाट दिदिै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना गरि तुराङ्गको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ । काम शुरु भएको पहिलो दिन ४ जनाले सेवा लिएका छन ।
वामी, आँपचौर र तुराङ्ग गाबिसका ४ जनाले उक्त शाखाबाट सेवा लिएको शाखा प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । पहिलो दिन दिनेस सापकोटाले जग्गा पास लिई सेवा शुरु गरेको प्रमुख भुसालले बताए ।

घर नजिकै बाट नापी र मालपोतका कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी व्यक्त गरेका छन । कार्यालय सञ्चालन गर्न तुराङ्ग आएका कार्यालयका कर्मचारीहरुलाइ बाजा गाजा सहित सम्मान गरिएको थियो । हाल साखा कार्यालय मजुवामा १ जना दरबन्दी कर्मचारी, ३ जना कागजका ३ जना करारका कर्मचारी रहेका छन् ।

मजुवामा उक्त सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८ गाबिस का स्थानीय बासिन्दाहरु लाभान्वित हुने भएका छन । सदरमुकामबाट दिदिै आएको सेवा गाउँमै पाएसगै उक्त क्षेत्रका सेवाग्रहीलाई सदरमुकाम आएर दिनहु कामको लागी कुर्नूपर्ने बाध्यता हटने स्थानिय समाजसेवी ज्ञानहरी सापकोटाले बताए ।

उनले भने ‘मालपोत र नापी कार्यालयबाट पाउने सेवा पाएपनि अन्य कार्यालयहरुबाट पाउने सेवाको लागी भने ग्रामीण भेगका जनतालाई सदरमुकाम धाउनु पर्ने बाध्यता भने रहेको छ ’ । ‘अब बिस्तारै नागरिता लगायत बिद्युत,कृषि लगायत जनतासंग अत्यबश्यक कार्यालयहरु पनि एकैठाउन पाए सेवाग्रही लाभाम्वित हुने सापकोटाको भनाइ छ’ ।

मालपोत र नापी कार्यालय स्थापना सगै अन्य कार्यालय भने तुरुन्त जाने कार्याक्रम नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुगांनाले जानकारी दिए । यस जिल्लामा एउटा पनि इलाका प्रशासन कार्यालय नरहेकाले स्थापना गर्नुपर्ने आबश्यक रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्