लाईसेन कार्यालयबाट सेवाग्राही पीडित



यमलाल भुसाल
बुटवल, ११ माघ ।
यातायात व्यवस्था कार्यालय लुम्बिनी अञ्चल लाईसेन कार्यालयबाटa सेवाग्राहीले सेवा लिन सकेका छैनन् ।

कार्यालयमा कम्युटरको सर्भर बिग्रिएका कारण सेवा लिन आएका सेवाग्राहीले सेवा लिनबाट बन्चित भएका छन् । सर्भर बिग्रिएपछि कार्यालयले यही माघ २ गते सूचना मार्फत सर्वसाधारणलाई जानकारी गराएको थियो । कार्यालयको सूचना सर्वसाधारण उपभोक्ता तथा सेवाग्राहीले जानकारी नपाएकाले दैनिकजसो कामका लागि कार्यालय आउने सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

लुम्बिनी अञ्चलका ६ जिल्लासहित अन्य ठाउंका १ हजारदेखि दैनिक १२ सय सेवाग्राही सेवाबाट बन्चित भएका छन् । सर्भर विग्रिएकाले लाईसन्स जारी गर्ने, नविकरण गर्ने र महत्वपूर्ण तथ्याङ्ग राख्ने काम भएको छैन । कार्यलयमा जुन काम हुनुपर्ने थियो सर्भर नभएकाले सबै कामहरु ठप्प छ ।

कार्यालय प्रमुख वेदप्रसाद अर्यालले सर्भर विग्रिएपछि विभाग पठाएपनि अझैसम्म बन्न नसकेको र कहिले बन्छ भनेर भन्न नसकिने बताउनुभयो । कार्यालयबाट गरिने कामहरु उक्त केन्द्रिय सर्भरको डाटामा जोडिने भएकाले राजश्व संकलन, नविकरण र तथ्याङ्ग राख्ने जस्ता महत्वपूर्ण कामहरु हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्