गुल्मीका ५० बिपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री



अनिल खत्री गुल्मी, १० माघ । गुल्मीका विभिन्न विद्यालयका गरिव, दलित तथा अनाथ विद्यार्थीहरुलाई एक शैक्षिक सामाग्री वितरण गरिएको छ । रोट्रेट क्लव अफ तिलोत्तमा बुटबलको आयोजना तथा बम्घा बलेटक्सार क्लव वलेटक्सारको साझेदारीमा शैक्षिक सामाग्री बितरण गरिएको थियो ।

जिल्लाका जनबोध माध्यमिक विद्यालय, बम्घा निम्न माध्यमिक विद्यालय र हरि स्मृति प्रावि बलेटक्सारका गरि ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएका हो ।

उनिहरुलाई २ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरिएको बम्घा बलेटक्सार क्लवका अध्यक्ष यदु ज्ञवालीले बताए । बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले विभिन्न युवाहरुको सक्रियतामा गरिएको कल्याणकारी कार्य प्रशंसनिय रहेको बताए ।

विद्यालयमा अक्षयकोषको लागी २० लाख संकलन

गुल्मीको एक बिद्यालयले अक्षयकोष स्थापनाको लागी आर्थिक संकलन गरेको छ । कुर्घा गाविसको वडा नं ७ गुर्जाङ्गमा रहेको खड्कदेवी प्राबिले अक्षयकोष स्थापनाको लागी बिभिन्न व्यक्तिहरुबाट रु २० लाख संकलन गरेको छ ।

विद्यार्थीकोलागी निशुल्क रुपमा दिवा खाजा, पोशाक र कपि पेनको सहयोग गर्ने लक्ष्यले बिद्यालयले रकम संकलन अभियान संञ्चालन गरेको बिद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए ।

विद्यालयले आउँदो फाल्गुन १ र २ गते २४ औं वार्षिकत्सव सम्म अक्षयकोषको रकम रु ३० लाख पु¥याएर स्थापन गरिने शर्माले बताए । वार्षिक उत्सवमा अक्षयकोषमा सहयोग गर्नेलाई वार्षिक उत्सवमा सम्मान समेत गर्ने बिद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्