बेसाहारा बनेका छोरीलाई आर्थिक सहयोग



अनिल खत्री गुल्मी ७ माघ । सुत्केरी अबस्थामा आमाको मृत्युपछी बेसाहारा बनेका गुल्मीका ४ जना बच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । पुर्काेट दह–१ का दुर्गा प्रसाद भुसालकी पत्नी दुर्गा कुमारी भुसालको मृत्यु भएपछि आर्थिक अभावमा उनका ४ सन्तान बेशाहारा बनेको खबर सार्बजनिक भएपछी अहिले उनिहरुको लागी बिभिन्न व्यक्ति संघ संस्थाबाट सहयोग प्राप्त भएको हो ।

कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गते देखि विरामी परेकी थिइन् । मंसिर ३ गते उपचारको क्रममा उनको निधन भएको थियो । उनको पक्षघातको कारण उहाँको निधन भएको थियो । दुर्गा कुमारी आफ्नौ पाँचौ सन्तान जन्माएपछि दिवंगत भएकी हुन् । उनको उपचारका लागि बढीनै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसके पछी निधन भएको थियो ।

बालबालिकाको लालन पालन सगै शिक्षाको लागी भन्दै गुल्मेली समाज जापानबाट रु १ लाख ५ हजार ५ सय सहयोग गरेका छन् । जापानमा रहेका नेपालीहरुको सहयोगमा प्राप्त रकम शुक्रवार तम्घासमा सम्पन्न एक कार्यक्रममा पत्रकारहरुको उपस्थितिमा गुल्मीका स्थानिय बिकास अधिकारी कल्पना श्रेष्ठले वालिका संगिता भुसाललाई हस्तातरण गरेकी छन् । हस्तातरण कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी श्रेष्ठले छोरीलाई बिभेदपूर्ण हेराइ हटाउने उदारण त्यहाका वालवालिकाले आमाको किरिया गरेर दिलाएको बताइन ।

उनले वाललिकाको शिक्षा सगै लालन पालनको लागी सहयोग गर्ने दाताहरुलाई धन्यवाद समेत दिइन । स्थानिय बिकास अधिकारी श्रेष्ठले बालवालिको शिक्षा सगै उनिहरुको हेरचाहाको लागी सबै तिरबाट सहयोग सदभाव प्रति कृतज्ञता प्रर्कट गरिन । बालबालिको लानपालन सगै शिक्षाको लागी बिभिन्न स्थानबाट हाल १२ लाख ३५ हजार सहयोग प्राप्त भएको स्थानिय शिक्षक एवम् उक्त सहयोग अभियानका संयोजक बोम बहादुर कुवँरले जानकारी दिए ।

शिक्षक कुवँरले दुई लाख भन्दा वढी क्रृण तिरेको र केहि रकम स्थानिय सहकारीमा व्याजमा लगाएर लालनपालन गर्न खर्चिने र अन्य रकम वालवालिको नामाम खाता खोलेर राख्ने बताए । रकम जुटाउन सहयोग गर्ने बिभिन्न मिडियाका पत्रकार र सहयोग गर्ने दाताहरुलाई स्थानिय शिक्षक कुवँरले धन्यवाद समेत दिए ।

आमाको निधनपछि १३ वर्षकी संगिता र ११ वर्षकी रमिता किरिया बसेका थिए । ८ र ६ वर्षका अरु दुई छोरीलाई भने सानै भएको कारणले किरियामा नराखिएको थिएन । उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नावालीक छोरीलाई भने एक जनाले स्थानीयले धर्म छोरी बनाएर पाल्छु भनेर लगेका छन् ।

पुर्कोट दह बजारमा मेडिकल संचालन गरिरहेका सिर्सेनी गाविस ९ का विश्व भुसालले दुर्गाकुमारीकी कान्छी छोरीलाई आफ्नै छोरी जस्तै गरेर पाल्नको लागि आफूले लगेको बताए । दुर्गा प्रसाद र दुर्गा कुमारीको परिवार गाउँकै गरिव मध्यको एक परिवार रहेको स्थानीयहरूले बताउँछन् । दुर्गा प्रसादको कुनैपनि आय आर्जनको बाटो छैन ।

प्रतिक्रिया दिनुहोस्