मृगलाई हानेको छर्रा लागेर योगेन्द्रको मृत्यु



भोजपुर, ४ माघ ।

भोजपुर दोभाने–८ स्थित फेदीको जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा गर्धनमा लागेर योगेन्द्र राईको मृत्यु भएको छ ।

दोभानेकै मदन राईले आइतबार शिकार खेल्ने क्रममा मृगलाई भरुवा बन्दुक प्रहार गर्दा योगेन्द्रलाई गोली लागेको थियो ।

घटनास्थलबाट प्रहरीले २ थान भरुवा बन्दुक सहित मदन राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्