भद्रपुर जेसिजमा भण्डारी



भद्रपुर, (नेस)। झापाको भद्रपुर स्थित भद्रपुर जेसिजको सन् २०१७ को अध्यक्ष पदमा प्रकाश भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।  जेसिजको शनिवार चन्द्रगढी स्थित संयुक्त वडा कार्यालयमा आयोजित ४१ औँ साधारणसभाले भण्डारीलाई सर्वसम्मत रुपमा चुनेका हुन् ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा विशाल अधिकारी र दिपक न्यौपाने साथै उपाध्यक्षमा जुनेश राउत, हरि कोइराला,प्रमिला राई र प्रज्वल राई निर्वाचित भएको निर्वाचन समितिका निर्वाचन आयुक्त उत्तम कोइरालाले जानकारी दिए ।
जेसिजको आयोजित ४१ औँ साधारणसभा उद्घाटन तथा बन्दसत्र कार्यक्रममा पश्चात निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

भद्रपुर जेसीज सन् २०१६ का अध्यक्ष भरत पर्शाइको अध्यक्षता तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष उत्तम कोइरालाको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा महासचिव शोम प्रसाद ढुङ्गेलले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश भण्डारीले  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जेसी विष्णु काफ्लेले स्वागत गरेको कार्यक्रममा जेसी गणेश पोखरेल, राजेन्द्र भट्टराई, लोकनाथ भट्टराई,अभिशेक ढुङ्गना, असारु राजवंशी लगायतले बोलेको कार्यक्रमको सञ्चालन महासचिव ढुङ्गेलले गरेका थिए । निर्वाचित पदाधिकारीको यहि महिना भित्र पद हस्तान्तरण हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्