सर्वोच्चको निर्णय सकारात्मकः एमाले


काठमाडौं, (नेस)
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सर्वोच्च अदालतले गरेको निर्णय सकारात्मक भएको बताउनुभएको छ। उहाँले सीमांकन परिर्वतन गर्नका लागि प्रदेशसभा गठन नहुँदासम्म सम्भव नभएको बताउनुभयो।

संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक भएको बताउँदै प्रमुख सचेतक ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रदेशको चुनाव नहुँदासम्म संविधान संशोधन हुन सक्दैन। चुनावपछि बन्ने प्रदेशसभाले मात्र गर्छ।’ संविधानले व्यवस्था विषयमा अनावश्यक विवाद गर्न आवश्यक नभएको बताउँदै सीमांकन हेरफेरको विषय प्रदेशसभाले नै टुंगो लगाउने दाबी गर्नुभयो।