नेपाल–चीनबीच सैन्य अभ्यास पक्का



काठमाडौं, (नेस) नेपाल–चीनबीच सैन्य अभ्यास हुने निधो भएको छ। दुवै मुलुकको सैन्य अभ्यासको तयारीबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्न आनाकानी गरिरहेका बेला चिनियाँ पक्षले नेपाल–चीनबीच संयुक्त अभ्यास हुने जनाएको हो। चिनियाँ सुरक्षा मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ कर्णेल याङ युजुनले बिहीबारको पत्रकार सम्मेलनमा सन् २०१७ मा दुवै मुलुकबीच पहिलो सैन्य अभ्यास हुने जानकारी दिनुभएको हो। ‘चीन र नेपालबीच सन् २०१७ मा पहिलो संयुक्त सैन्य अभ्यास हुनेछ’ –प्रवक्ता युजुनको भनाइ उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चारमाध्यम पिपल्स डेली चाइनाले ट्वीट गरेको छ। चिनियाँ पक्षले नेपाललाई २ महिनापछि (अंग्रेजी महिनाको फ्रेब्रुअरी)मा तालिम गर्न प्रस्ताव गरे पनि सरकारले त्यसबारेमा अनभिज्ञता प्रकट गर्दै आएको छ।

बुधबार परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले सञ्चारकर्मीहरूसँगको भेटमा समेत यसबारेमा अनभिज्ञता प्रकट गर्नुभएको थियो। नेपाली सेनाले भने सैन्य अभ्यासको तयारीबारे चिनियाँ पक्षसँग प्रारम्भिक चरणको छलफल मात्र भइरहेकाले अभ्यासको मिति तय भइनसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्