सामान्य बन्दै गुल्मीको जनजीवन



नेपाल समाचारपत्र
गुल्मी
सरकारले संविधान संशोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्रइएर दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा गुल्मीमा चलिरहेको आन्दोलनको स्वरूप परिर्वतन भएको छ।

संयुक्त संघर्ष समिति गुल्मीको आयोजनामा लगातार २०औं दिनसम्म अनिश्चित्कालीन बन्दको घोषण गरेर अगाडि बढेको आन्दोलनले केही नयाँ कार्यक्रमकहरू सार्वजनिक गरेको छ। सोमबार संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी १९ दिन आन्दोलनको समीक्षा गर्दै बन्द खुकुलो बनाएको छ। समितिले सोमबार र मंगलबार बिहान ११ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना र बन्द गर्ने निर्णय गरेको छ।

धर्नाका कारण सोमबार पनि १ घण्टा सरकारी कामकाज ठप्प हुनुका साथै प्रमुख जिल्ला अधिकारीसहित अधिकांश कार्यालयका प्रमुख कार्यालय प्रवशमा रोकिएका थिए। हिजो सोमबार बिहान ११ बजेबाट सम्पूर्ण क्षेत्र सहजरूपमा सञ्चालन आएका छन्। धेरै लामो बन्दले जिल्लाको जनजीवन अत्यन्तै कष्टकर भएकाले दुई दिनका लागि बन्द खुकुलो बनाइएको संयुक्त संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए। दुई दिन मात्र बन्द केही खुकुलो भए पनि सधैंका लागि फिर्ता र आन्दोलन नै स्थगित भने नभएको श्रेष्ठले बताए। पुस ४ गतेको संसद् बैठक, ५ गतेको सर्वोच्चको आदेश र परिस्थतिअनुसार आन्दोलनका नयाँ कार्यक्रमहरू अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए।

सोमबारबाट आन्दोलन खुकुलो भएपछि गुल्मीबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधानहरू सञ्चालनमा आएका छन् भने बजार शिक्षण, संस्था, कलकारखाना, उद्योगधन्दा सबै सुचारु भएका छन्। मंसिर १४ गतेबाट जारी जिल्ला बन्दले दैनिक जनजीवन निकै कष्टपूर्ण बन्दै गइरहेको थियो। बन्द खुलेसँगै लामो समयसम्म गन्तव्यमा जान नसकेकाहरू फर्किएका छन् भने गुल्मीको जनजीवन सामान्य बन्दै गएको छ। गुल्मीमा ११ दलको ऐक्यबद्धतामा लगातार २० दिन बन्द हँुदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्