मधेसीको मिश्रित धारणा

0
Shares

काठमाडौं, (नेस)

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति संघीय गठबन्धन र मधेसी मोर्चाले सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। मधेसी मोर्चाले मधेसमा दुई प्रदेश हुनुपर्ने माग सरकारले प्रस्तावमा समावेश गर्नु सकारात्मक भएको बताएका हो।

प्रदेश नम्बर ५ लाई टुक्रइएर सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी प्रस्ताव ल्याएको छ। मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रक्रियाको समर्थन गर्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हामीले सात प्रदेशको सट्टा १० प्रदेश भनेका थियौं, ढिलै भए पनि प्रस्ताव आएको छ। संघीय गठबन्धन र मोर्चाको संयुक्त बैठक बसेर आधिकारिक धारणा बनाउँछौं।’ उहाँले प्रस्तावको अध्ययन गरेर मात्र प्रस्तावको समर्थन वा विरोध गर्ने टुंगो लाग्ने बताउनुभयो। मधेसी मोर्चाका अन्य केही नेताले भने संशोधन प्रस्ताव एक कदम अगाडि भए पनि आफूहरूको सबै माग यसले सम्बोधन गर्न नसक्ने जनाएका छन्।