सुडानमा दुई नेपाली अपहृत

0
Shares

काठमाडौं, (नेस)

सुडानको अति हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरमा कार्यरत दुई नेपाली नागरिकलाई त्यहाँको लडाकू समूहले अपहरण गरेर बेपत्ता बनाएको छ।

संयुक्त राष्ट्र संघको शरणार्थी सम्बन्धी उच्च आयोगमा कार्यरत दुई नेपालीसहित एक सुडानी नागरिकसमेत अपहरणमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अपहरणमा पर्ने नेपालीमा काठमाडौंका रमेश कार्की र प्रशान्त प्रधान रहेको थाहा भएको छ।

कार्यालयबाट बाहिर निस्केका उनीहरूलाई हतियारधारी समूहले अपहरण गरेको सुडानी गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एफएपीले जनाएको छ।

पश्चिम डार्फर राज्य प्रवक्ता अब्देल्ह मुस्तफाले २ नेपालीसहित ३ जना अपहरणमा परेको पुष्टि गरेका छन्। अपहरणमा परेकाहरूको खोजी भइरहेको सुडानी प्रहरीले जनाएको छ। अहिलेसम्म द्वन्द्वका क्रममा सुडानमा ३ लाख मानिसले ज्यान गुमाएका छन् भने २५ लाख विस्थापित भएका छन्।