किङ बनेर आउँदै छन् निखिल

0
Shares

एक्सन नायक निखिल उप्रेतीको पछिल्लो फिल्म किङको अफिसियल टिजर सार्वजनिक भएको छ। माघे संक्रान्तिको छेको पारेर आगामि पुस २९ गतेलाई रिलिज डेट तोकिएको फिल्मको टिजर सार्वजनिक गरिएको हो।

१ मिनेट बढी लामो टिजरमा निखिलकै अद्भूत एक्सनलाई प्राथमिकता दिइएको छ भने टिजरले प्रेमभाव पनि व्यक्त गरेको छ। टिजरमा निखिलसँगै बेनिशा हमाल र अभिनेता अनुपविक्रम शाही फिचरिङ भएका छन्।

सविर श्रेष्ठद्वारा निर्देशित तथा जयन श्रेष्ठद्वारा निर्मित फिल्ममा निखिल, बेनिशा र अनुपविक्रमका साथमा रूपा राना, प्रज्वलसुजल गिरी र जगन श्रेष्ठ प्रमुख भूमिकामा छन्।

काठमाडौंका साथमा लुम्बिनी तथा नगरकोटलगायतका दृश्य समावेश गरिएको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ। फिल्मका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ।