अफिनमा पुनः चौधरी

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्ट्च्यिुसन (अफिन) को नयाँ कार्यसमिति पुनः बसन्त चौधरीको अध्यक्षतामा चयन भएको छ। अफिनको १९ औँ साधारण सभाले निर्विरोध रूपमा अध्यक्षमा चौधरी र वरिष्ठ उपाध्यक्षमा अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई तीन वर्षका लागि चयन गरेको छ।

त्यसै गरी केन्द्रीय उपाध्यक्षमा नारायणसिंह कुँवर चयन हुनुभएको छ। साथै क्षेत्रीय उपाध्यक्षहरूमा पूर्वाञ्चलमा डा. कैलाश कुमार श्रेष्ठ, मध्यमाञ्चलमा पुष्पराज शर्मा, पश्चिमाञ्चलमा नरेन्द्र बास्तोला, मध्यपश्चिमाञ्चलमा हरिप्रसाद रिजाल र सुदुरपश्चिमाञ्चलमा गजेन्द्रवीर चन्द निर्वाचित हुनुभएको छ।

त्यसै गरी महासचिवमा हेमराज दाहाल, सचिवमा पंकज खतिवडा र कोषाध्यक्षमा स्वरूपा श्रेष्ठ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा राजकुमार थापा, गोपिकृष्ण न्यौपाने, लोकबहादुर टण्डन, कैलाश खड्का, भरतराज रेग्मी र यमबहादुर दर्लामी निर्वाचित हुनुभएको छ। साथै क्षेत्रीय सदस्यहरूमा पूर्वाञ्चलमा राजेशप्रसाद विष्ट, मध्यमाञ्चलमा ओमप्रकाश दवाडी, पश्चिमाञ्चलमा गोविन्द खनाल, मध्यपश्चिमाञ्चलमा चन्द्रबहादुर महतो र सुदूरपश्चिममा विष्णुप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ।

साधारण सभामा अध्यक्ष चौधरीले अफिनको भवन निर्माणका लागि नर्भिक अस्पतालले २१ लाख सहयोग गर्ने घोषणा गर्दै अस्पतालको गुणस्तरीय सेवा र विकासका क्षेत्रमा आफू लागि पर्ने चौधरीले बताउनुभयो। भवन निर्माणका लागि सदस्य लोकबहादुर टण्डनले ग्रिन सिटी अस्पतालका तर्फबाट पनि २१ लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो। त्यसै गरी बरिष्ठ उपाध्यक्ष थापाले अल्का अस्पतालले अफिनको भवन बनाउन ११ लाख प्रदान गर्ने घोषणा गर्नुभयो।

सहयोग गर्ने अन्य सदस्यहरूमा कैलाश खड्का वेलकेयर अस्पतालका तर्फबाट ५ लाख, गोपी न्यौपानेले व्यक्तिगत रूपमा २ लाख, उपाध्यक्ष नारायणसिंह कुँवरले आशा अस्पतालका तर्फबाट ५ लाख प्रदान गर्ने घोषणा गरेका छन्।
यसै गरी कोषाध्यक्ष श्रेष्ठले नेपाल क्यान्सर हस्पिटलका तर्फबाट ३ लाख, सचिव खतिवडाले विजयपुर अस्पतालका तर्फबाट ३ लाख, लाइफ गार्ड अस्पतालले २ लाख र उपाध्यक्ष पुष्पराज शर्माले नारायणी सामुदायिक अस्पतालका तर्फबाट ५ लाख उपलब्ध गराउने शनिबार भएको निर्वाचन लगत्तै घोषणा गरेका छन्।