अर्जुन मलाइकाको घरमा?

0
Shares

उसो त मलाइका अरोरा खान र अर्जुन कपुरको नाम बेलाबेला जोडिएर आइरहेको हुन्छ। योपटक भने उनी मलाइकाको घरमा देखिएका थिए त्यो पनि रातको समयमा।

एक भारतीय अनलाइनको समाचारमाथि विश्वास गर्ने हो भने ३१ अक्टुबर रातको १० बजे न कुनै पार्टी न समारोह उनी मलाइकाको घर पुगेका थिए। उनी रातको डेढ बजे त्यहाँबाट निस्किएको समाचारमा दाबी गरिएको छ। समाचारअनुसार निस्कनेबेला जब उनले एक फोटोग्राफरलाई देखे, तब उनी आफ्नो अनुहार बचाउँदै त्यहाँबाट हिँडेका थिए। भनिन्छ, टिनएजमा अर्जुन मलाइकाकालाई निकै मन पराउँथे। पछि उनीहरुबीच राम्रो दोस्ति थियो। यस वर्ष अप्रिलमा भने उनी मलाइकाको घरमा समेत देखिए।