मिसेज हेरिटेज श्रीलंकामा

0
Shares

मिसेज हेरिटेज नेपाल २०१६ आयोजना हुने सौन्दर्य प्रतियोगितामार्फत् युनेस्कोको ऐतिहासिक र महत्त्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको प्रतियोगिता मिसेज हेरिटेज प्रतियोगिता यसपटक श्रीलंकामा हुने भएको छ। प्रतियोगिता आगामी डिसेम्बर २ देखि १० तारिखसम्म श्रीलंकाको कोलोम्बो शहरमा हुन लागेको हो।
१५ जना सहभागी रहने यस प्रतियोगिताका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिसपर्धा गर्ने अवसर प्राप्त गर्नेछन्। सहभागीको व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता आदिको विकास, प्रभावकारिता र स्टेज प्रस्तुतिमार्फत् त्यसको उपयोगितालगायतको प्रभावकारी प्रशिक्षण र ग्रुमिङको प्याकेज रहेको यो प्रतियोगितामा सहभागिताका लागि आवेदन फाराम खुल्ला गरिएको छ। प्रतियोगिताको कोरियोग्राफर अनिला श्रेष्ठ तथा ग्रिन आर्टसको आयोजनामा मंसिर १२ सम्पन्न हुनेछ। मिसेस हेरिटेज २०१५ को ताज नेपालकी रजनी थापाले जितेकी थिइन्।
प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तव्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लोनटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी गराए।