कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा आज सुनुवाइ


काठमाडौं ।

नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त मुद्दा आजको पेसी सूचीमा १२औं नम्बरमा परेको छ।

यसअघि चैत १ गते पनि पेसी तोकिए पनि पालो नआएपछि सुनुवाइ हुन सकेको थिएन। आजको सुनुवाइका लागि दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भई निर्वाचन आयोगबाट मान्यता पाएपछि त्यसको विरोध गर्दै पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।