काठमाडौं ।
भक्तपुर प्रहरीले ‘स्वीप अपरेशन’ सञ्चालन गर्दै एकैदिन ६० जनालाई नियन्त्रणमा लिएको छ। चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट संयुक्त रूपमा गरिएको अभियानमा चोरी तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी प्रकाश जबेगुका अनुसार मोटरसाइकल चोरीलगायत घटनामा संलग्न तथा शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राख्दै आएको क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले उक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
यसैबीच, राधेराधे क्षेत्रमा चेकिङका क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाइरहेका एक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया