फेवाताल क्षेत्रका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम


काठमाडौ ।

पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड विपरीत निर्माण गरिएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ। महानगरले शनिबार सूचना जारी गर्दै तालको सीमाङ्कनपछि पनि ६५ मिटरभित्र बनाइएका अनधिकृत संरचना तोकिएको समयभित्र हटाउन निर्देशन दिएको हो।

यसअघि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दै करिब ३० अस्थायी संरचना डोजर लगाएर हटाइएको थियो। महानगरले तोकिएको समयभित्र संरचना नहटाएमा आफैं हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने चेतावनी दिएको छ।

फेवातालको सीमाङ्कन कार्य सम्पन्न भइसकेको र प्रभावित जग्गाको वर्गीकरण तथा मुआब्जा सम्बन्धी प्रक्रिया अन्तिम चरणमा रहेको महानगरले जनाएको छ।