काठमाडौं ।
पोखरामा फेवातालको किनारमा मापदण्ड विपरीत बनाइएका संरचना हटाउने क्रममा कर्ण शाक्यको स्वामित्वमा रहेको ‘वाटर फ्रन्ट रिसोर्ट’मा डोजर चलाइएको छ। यो रिसोर्टले तालको ६५ मिटर सुरक्षा क्षेत्रमा अतिक्रमण गरेको पाइएपछि लामो विवाद चल्दै आएको थियो।
सर्वोच्च अदालतले ऐतिहासिक फैसलामा फेवातालको संरक्षणका लागि किनारबाट ६५ मिटर भित्र कुनै संरचना नबनाउने आदेश दिइसकेको थियो। सो फैसलाको आधारमा सरकारका नाममा सबै मापदण्ड विपरीत होटल र रिसोर्ट ध्वस्त गर्ने आदेश जारी भएको थियो।
पोखरा महानगरपालिकाले वर्षौं देखि ढिलाइ भइरहेका आदेशलाई अन्ततः कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि हालै मेयरसँग फोनमा तालको अतिक्रमण हटाउने कार्यको प्रगतिबारे चासो देखाएका थिए।
स्थानीय प्रशासनका अनुसार, फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने र सरकारी मापदण्ड कडाइका साथ लागू गर्ने अभियानअन्तर्गत यो कदम चालिएको हो।











प्रतिक्रिया