उपाधि व्यायाम मन्दिरका क्षितिजलाई


काठमाडौं।

नवौँ ‘मिस्टर हिमालय’ राष्ट्रिय शारीरिक सुगठन तथा स्पोट्र्स फिजिक च्याम्पियनसिपको उपाधि नेपाल व्यायाम मन्दिरका क्षितिज थापाले उपाधि जितेका छन् । उनले उपाधिसँगैं ५ लाख नगद पुरस्कार पनि प्राप्त गरे । दुई दिनसम्म (चैत्र १३–१४) सञ्चालन भएको प्रतियोगितामा देशभरबाट १ सय ४ जना खेलाडीले १६ विधामा प्रतिस्पर्धा गरेका थिए ।

७५ केजी वजन समुहबाट समुहगत बिजेता बन्दै च्याम्पियन अफ दि च्याम्पियनमा भिडे्का क्षितिजले अन्तिम स्पर्धामा जित्दैं वाकी १०३ खेलाडीहरुको चुनौती पन्छाएका थिए । ७५ केजी तौल समूहमा क्षितिज पहिलो हुँदा योगेन्द्र श्रेष्ठ (पावर फिजिकल फिटनेस, काठमाडौं) दोस्रो र दीपक कुमार तिमल्सिना (फ्री स्टाइल एन्ड जिम) तेस्रो भए ।

अन्य नतिजामा ५५ केजी तौल समूहमा सुनिल आले (बुटवल फिटनेस, रुपन्देही), ६० केजी तौल समूहमा सुरेश दुवाल (ट्रान्क्विालिटी स्पा प्रा.लि.), ६५ केजीमा नवराज डुम्ब्रे (भूमहि जिम एन्ड फिटनेस), ७० केजी तौलमा अनिश रसाइली (फ्रेन्ड्स फिटनेस, दाङ), ८० केजीमा दिपजंग रोकामगर (एपेक्स जिम, काठमाडौं) र ८० केजीमाथि तौलमा ललित धिमाल (ग्यालेक्सी फिटनेस, झापा) पहिलो भए ।

महिलातर्फ एथलेटिक्स फिजिक्समा डिभाइन फिजिकल फिटनेस सेन्टरकी उर्मिला श्रेष्ठले प्रथम स्थान हासिल गरिन् । त्यस्तै, यल जिम ललितपुरकी सिता खत्री दोस्रो, द जिम एक्स भक्तपुरकी सुनु श्रेष्ठ तेस्रो भए ।

यसैगरी, महिलातर्फ अन्य विधामा मोडल फिजिक्सतर्फ मन्स्टर जिम एण्ड फिटनेस हबकी बिनु जी.टी, शारीरिक सुगठनमा डिभाइन फिजिकल फिटनेस सेन्टरकी शीला ठकुरी पहिलो भए । बजन समुहका शीर्ष तीन हुनेहरुले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद प्राप्त गरे ।