महालक्ष्मी विकास बैंकको डिजिटल क्यालेन्डर सार्वजनिक


काठमाडौँ
महालक्ष्मी विकास बैंकले “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण राजधानीको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको छ । परम्परागत रूपमा प्रकाशन हुँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्ने उद्देश्यले डिजिटल स्वरूपमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ डिजिटल क्यालेन्डरमा महत्वपूर्ण चाडपर्व, तिथि, बिदा, शुभ साइतका साथै विक्रम संवत, नेपाल संवत र अंग्रेजी संवतका मितिहरू समावेश गरिएको छ । प्रयोगकर्तामैत्री बनाइएको यस क्यालेन्डरले नेपाली संस्कृतिको संरक्षण र निरन्तरतामा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । क्यालेन्डर क्यूआर कोड स्क्यान गरेर सजिलै हेर्न वा डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि देशभरका सेवाग्राहीलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन् ।