नेपाली कांग्रेस पुर्व सभापति देउवाले मोहनप्रसाद ओलीको निधनमा समवेदना व्यक्त


काठमाडौं ।

नेपाली कांग्रेसका पुर्व सभापति शेर बहादुर देउवा ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली का पिता मोहनप्रसाद ओली को निधनको खबर सुनेर दुख व्यक्त गरेका छन्।

देउवाले बुबाको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।