काठमाडौँ
ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि समर्पित र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले उक्त विभागको औपचारिक शुभारम्भ गर्नुभयो ।
नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैंकले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राह्यताका साथ एकद्वार प्रणाली मार्फत सेवा प्रदान गर्ने जनाएको छ ।
बैंकका अनुसार यस विभागमार्फत विदेशमा रहेका नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराइनेछ । यस अन्तर्गत बैंक खाता खोल्ने, कर्जा उपलब्ध गराउने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवा प्रदान गर्ने, पुँजी बजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू समेटिएका छन् ।
विदेशमा रहेका नेपालीहरूलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौँको नक्सालस्थित विभागीय कार्यालय मार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने जनाएको छ। विभिन्न देशमा रहेका नेपालीहरूको सेवामा सहजीकरण गर्न बैंकले सहायता कक्ष स्थापना गरी बैंकिङ सेवा सञ्चालन गर्नेछ। भविष्यमा यस सेवा कक्षमार्फत ग्राहकहरूलाई २४ सै घण्टा सेवा प्रदान गर्ने योजना रहेको बैंकले जनाएको छ।
सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ। बैंकले विगत दुई दशकमा विश्वव्यापी रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी केन्द्रित बैंकिङ सेवाको विकास तथा विभिन्न १० भन्दा बढी देशमा रहेका बैंकका कर्मचारीमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकका अनुसार विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको अवरोध बिना नेपालमा सहज र झन्झटरहित बैंकिङ सेवा पाउनुपर्ने अवधारणा अनुसार यो विभाग स्थापना गरिएको हो।
विभागको उद्घाटन गर्दै बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले रोजगारी तथा अन्य कामका सिलसिलामा विदेशमा बसोबास गर्ने नेपालीहरू नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उहाँले यस विभागमार्फत विदेशमा बस्ने नेपालीहरूलाई मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “यस नन रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग मार्फत ग्लोबल आइएमई बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकताअनुसार पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ। यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पु¥याउनेछ। नेपालीहरू जहाँ भए पनि सहज, द्रुत र पारदर्शी रूपमा पूर्ण बैंकिङ सेवा प्रदान गर्ने हाम्रो महत्वपूर्ण प्रयास हो।”
यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी ले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन अझ सहज हुने बताउनुभयो। उहाँका अनुसार यस विभागमार्फत रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमै बस्दा नेपालमा लगानी गर्ने अवसर समेत उपलब्ध हुनेछ।
उहाँले यस पहलसँगै ग्लोबल आइएमई बैंक विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताउनुभयो।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
बैंकले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैंकिङ सेवा प्रदायक का रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
यस विभागको कार्यालय ग्लोबल आइएमई बैंकको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालय मा रहनेछ। विदेशमा बसोबास गर्ने नेपालीहरूले नन रेसिडेन्ट एन्ड ओभरसिज बैंकिङ विभाग मा प्रत्यक्ष फोन, इमेल, ह्वाट्सएप वा भाइबर मार्फत सम्पर्क गरी बैंकिङ सेवा लिन सक्नेछन्।
बैंकले प्रत्यक्ष सम्पर्कका लागि ९७७–०१४५४४५१५ र ९७७–०१४५३८१०५÷०७ टेलिफोन नम्बर, सपोर्टरेमिट२गिबिएल डट कम डट एनपी इमेल तथा ९७७–९८५११९९६४० नम्बरमा ह्वाट्सएप वा भाइबरमार्फत सेवा उपलब्ध गराउने जनाएको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेस्ट बैंक अवार्ड २०२४” तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित भएको छ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकका ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ से











प्रतिक्रिया