काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला नेतृत्व, शिक्षा र समाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिने महिलाहरूलाई सम्मान गर्दै जोन्ता क्लब काठमाडौंले पहेंलो गुलाब दिवस मनाएको छ ।
राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा नेतृत्व, नवप्रवर्तन र शैक्षिक उपलब्धि देखाउने महिलाहरूलाई पुरस्कार र छात्रवृत्तिसहित सम्मान गरिएको थियो। कार्यक्रममा महिला अधिकारकर्मी रेनु राजभण्डारीलाई प्रिन्सेस हेलेन शाह इन्सपिरेसनल अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी शिल्सिला आचार्यलाई अमर राणा गेम चेन्जर अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा डा. मनु कार्की र साधना पन्थीलाई ज्योती छात्रवृति, लुबिना शर्मा र सुस्मिना थपलियालाई इन्द्रकला छात्रवृत्ति र महेन्द्र भवन उच्च माध्यमिक विद्यालय, श्री सरस्वती मावि ९घोराही, दाङ०, श्री महेन्द्र मावि ९धरना, दाङ०लमई रत्न अम्बिका गुठी छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि श्रीलङ्काका राजदूत रुवान्थी डेपिटियाले महिला नेतृत्व र समावेशी विकासमा पुर्याइएको योगदानको सराहना गर्दै समान अवसरको महत्वमा जोड दिइन्।
क्लबकी अध्यक्ष विना राणाले पहेंलो गुलाब दिवसलाई महिलाहरूको शक्ति, सहनशीलता र नेतृत्वको उत्सवको रुपमा व्याख्या गर्दै यस पुरस्कार र छात्रवृत्तिले भविष्यका महिला नेताहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन ।
जोन्ता क्लब काठमाडौंले हरेक वर्ष मार्च ८ मा पहेलों गुलाब दिवस मनाउँदै आएको छ। पहेंलो गुलाबलाई मैत्री, शक्ति र आनन्दको प्रतीकको रुपमा लिइने गरिन्छ।
कार्यक्रमले नेपालमा महिला नेतृत्व, शिक्षा र सामाजिक योगदानको महत्वलाई उजागर गर्दै, महिला सशक्तिकरण र लैङ्गिक समानतामा निरन्तरता आवश्यक रहेको सन्देश दिएको छ।












प्रतिक्रिया