देशमा सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने, न्यायालयलगायत संवैधानिक निकायमा भइरहेकोे राजनीतीकरणलाई अन्त्य गर्ने, दलीय भागवण्डामा शासन चलाउने प्रथाको अन्त्य गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण अन्त्य गर्ने, सांसदको टिकट किनबेचको प्रथा अन्त्य गर्ने, सत्तामा जान सेवाका लागि नभएर आफ्नो र पार्टीको स्वार्थका लागि हानथाप गर्ने प्रवृत्तिको अन्त्य गर्ने, आफनो क्षेत्रमा मात्र देशको बजेट केन्द्रित गर्ने परम्पराको अन्त्य गर्ने र देशमा सुशासन कायम गर्ने कुरामा विगतमा बेवास्ता हुँदै आएको थियो । त्यसै गरी सेवा प्रवाहलाई छिटोछरितो बनाउने, सांसद कानुन बनाउनका लागि हो भन्ने कुरालाई आत्मसात् गरी व्यवहारमा लागू गर्ने, लुटतन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन गर्ने, संविधानबमोजिम समयमा बनाउनुपर्ने कानुन बनाएर देशलाई विधिको शासनमा परिणत गर्नेजस्ता अहं विषयलाई पटक–पटक सत्तामा जाँदा पनि पूर्णतः बेवास्ता गरेकै कारण निरासाले सीमा काटेपछि जेनजी विद्रोह भयो । जेनजी विद्रोहकै कारण सेनाको हेलिकोप्टरको पुच्छर समाती भागेर ज्यान जोगाउँदा पनि नचेतेका राजनीतिक दल र नेताहरुलाई यही फागुन २१ गते एकै चरणमा शान्तिपूर्णरुपमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनले थला पर्ने गरी दण्डित गरेको छ ।
जनताले यसपटक अहं घमण्ड, दम्भ र कुशासनको पहाडलाई छियाछिया हुने गरी भत्काएका छन् । कुशासन र भ्रष्टाचार अन्त्य गर्ने, ०४६ पछि सत्तामा गएर तर मारेका नेता, संवैधानिक निकाय, ब्यूरोक्र्याट एवं अन्य सरकारी ओहदामा बसेकालाई आफ्नो चंगुलमा पारेर स्वार्थसिद्ध गरेका बिचौलियालाई कारबाही गर्ने, भ्रष्टहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्ने, स्वदेशमा रोजगार सिर्जना गरी विदेश जान बाध्य नपारौँ भन्ने उद्देश्यका साथ भएको जेनजी विद्रोहमाथि गोली ठोकेर हत्या गर्नेहरुले त्यसको सामान्य रियालाइजेसन गर्नेभन्दा पनि विद्रोहको खिसिटिउरी गर्ने, यी केटाकेटीहरुको हुलहुज्जतबाट सुशीला कार्कीको नेतृत्वको सरकार बनेको भनी नागरिक सरकारको खिल्ली उडाउने, आफू सत्ताबाट हट्नुपरेको पीडा पोख्ने क्रममा गृहमन्त्रीलगायतलाई बाबु केटाकेटी भन्नेलाई पनि निर्वाचनले राम्ररी झापड दिएको छ ।
जनताले यसपटक अहं घमण्ड, दम्भ र कुशासनको पहाडलाई छियाछिया हुने गरी भत्काएका छन् । कुशासन र भ्रष्टाचार अन्त्य गर्ने, ०४६ पछि सत्तामा गएर तर मारेका नेता, संवैधानिक निकाय, ब्यूरोक्र्याट एवं अन्य सरकारी ओहदामा बसेकालाई आफ्नो चंगुलमा पारेर स्वार्थसिद्ध गरेका बिचौलियालाई कारबाही गर्ने, भ्रष्टहरुको सम्पत्ति छानबिन गरी कारबाही गर्ने, स्वदेशमा रोजगार सिर्जना गरी विदेश जान बाध्य नपारौँ भन्ने उद्देश्यका साथ भएको जेनजी विद्रोहमाथि गोली ठोकेर हत्या गर्नेहरुले त्यसको सामान्य रियालाइजेसन गर्नेभन्दा पनि विद्रोहको खिसिटिउरी गर्ने, यी केटाकेटीहरुको हुलहुज्जतबाट सुशीला कार्कीको नेतृत्वको सरकार बनेको भनी नागरिक सरकारको खिल्ली उडाउने, आफू सत्ताबाट हट्नुपरेको पीडा पोख्ने क्रममा गृहमन्त्रीलगायतलाई बाबु केटाकेटी भन्नेलाई पनि निर्वाचनले राम्ररी झापड दिएको छ । ब्यालेट बक्समा मत जाहेर गरेर जनताले झापड दिएका छन् तर कानुनी झापड दिन भने बाँकी नै छ । नेपाली जनतालाई कमजोर ठानेर हेप्ने, पार्टीमा पनि आफ्नो भन्दा फरक विचार राख्नेलाई पार्टीमा बस्न नदिने गरी वातावरण बनाउने मात्र होइन कि पार्टीबाटै उछिट्याउनेजस्ता काम जसरी गरियो, संवैधानिक निकायको जसरी दुरुपयोग गरियो, त्यसको प्रतिफल निर्वाचन परिणामले दिएको छ ।
आफूलाई मन परेन भने सरकारी संयन्त्रसमेतको दुरुपयोग गरी महानगरपालिकामा निर्वाचित मेयरलाई काम गर्न नदिने गरी सिंगो पार्टीका नेता–कार्यकर्ता परिचालन गर्ने, पार्टी सभापति र उपप्रधानमन्त्री एवं गृहमन्त्री भइसकेका व्यक्तिलाई उज्यालो हुन पनि नदिई सुतिरहेको अवस्थामा उठाएर रातारात हिँडाउने, मुद्दा चलाउने नाममा देशव्यापी घुमाउनेजस्ता क्रियाकलापकै कारण रास्वपाको क्रेज बढाउन सहयोग गरेको कुरा कसैसँग छिपेको छैन । गठबन्धन र समीकरणका नाममा मिलिजुली खाने प्रथाको अन्त्य, भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्न एकमना सरकार बनोस् र निर्धक्कसँग जनताको काम हुन सकोस् भनी जनताले रास्वपालाई शानदार अभिमत दिएका छन् । त्यो अभिमतको कदर गरेर रास्वपा अगाडि बढ्ने महान् अवसर पैदा भएको छ । त्यसको प्रयोग कानुन, नियमभित्र रहेर खरोरुपमा उत्रिन रास्वपा सकोस् भन्ने आम नागरिकको चाहना रहेको छ । मतदान गर्दा नै त्यो चाहना खुलारुपमा मतदाताले भनेका थिए ।
त्यसैले त शानदार बहुमतसहितको मत जाहेर भएको छ । पटकपटक प्रधानमन्त्री हुँदा पनि जनताको पक्षमा काम नगर्ने, उल्टै उम्मेदवार हुन पाउने अधिकार प्रयोग गरी निर्वाचनपछि प्रधानमन्त्री हुने घोषणासहित झापा पुग्दा प्रतिस्पर्धीमाथि गरिएकोे व्यवहार र उडाउने काम जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे, जसले गर्दा उनले आफ्नो मत मात्र घटाएनन्, उनकै घमण्डको उर्लंदो बोली र उखान टुक्काले बलियो संगठन रहेको पार्टीलाई नै लाजमर्दो अवस्थामा पु¥याए । हुन पनि दुई तिहाइको कम्युनिस्ट सरकारलाई उनैले धुजाधुजा पारे, दुई–दुईपटक संसद् विघटन गरे, कांग्रेस–एमाले मिलेर आफ्नो स्वार्थका लागि पुनः उनैको नेतृत्वमा सरकार बनाउँदा पनि देशमा निरासाको भाष्यले ठूलो विद्रोह मात्र होइन, इतिहासमै नभएको क्षति गरायो । यस्तो हुँदै छ भन्ने थाहा पनि पाउन सकेनन् । आफैँ सत्तामा बस्ने अनि ठूलो ग्राइन डिजाइन रहेछ भन्ने ? त्यो कुरा त सत्तामा सम्पूर्ण डाडु–पन्यू लिएर बसेकाले थाहा पाउनुपर्दैन ? अनि विदेशी चलखेल भयो भन्न लाज नमान्ने ? पार्टीमा रहेका जिम्मेवार नेताले त्यो अहं घमण्डलाई टुलुटुलु हरेर मात्र बसेनन्, उनैको झोले बन्न पुगे, जसले गर्दा पार्टीले निर्वाचनमा यो हदसम्मको हार व्यहोर्नुप¥यो । त्यति मात्र कहाँ हो र ? नेपाली कांग्रेसले पार्टीलाई पुनर्ताजगी बनाउन गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनमाथि ओलीले खिल्ली उडाउने कामसमेत गरे । आज गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुले त्यो आँट नगरेको भए अहिलेको यो
निर्वाचनमा अझ बढी सर्वनाश अवस्था व्योर्नुपर्ने निश्चित थियो । तर झन्डै ४० वर्षदेखि प्रायः सत्ताबाहिर नभएको कारण नेपाली कांग्रेसलाई निर्वाचनले नराम्रोसँग झापड दिएको छ । प्रचण्डको नेतृत्वमा रहेको नेपाली कम्युनिस्ट पार्टीले पनि जनयुद्धपछि भएको निर्वाचनमा ठूलो अवसर पाएको थियो तर त्यो पार्टी र त्यसका धेरै नेताहरुले जनयुद्धमा उठाएका मुद्दा, सवाल र त्यस बेला पाएको दुःख र संघर्षलाई बिर्सेर जसरी आफू र आफ्ना लागि स्वार्थमा केन्द्रित भएर कमाउ र खाऊ भन्ने कुरामा केन्द्रित भई सत्ताका लागि जसो पनि गर्ने काममा लिप्त भए, जसको कारण अहिले सम्पन्न निर्वाचनले झापड मात्र दिएको छैन, राम्रैसँग सबक सिकाएको छ । मधेस केन्द्रित दलको कुरा पनि त्यही हो । मधेस केन्द्रित दल र नेताहरु पनि सत्ता स्वार्थमा केन्द्रित भए ।
यसपटक जनताले निर्वाचनमार्फत ऐतिहासिक परिणाम दिएका छन् । त्यसको सदुपयोग गरेर अगाडि जान सकेमा केही न केही अवश्य हुनेछ । भ्रष्टाचारको अन्त्य, सुशासन कायम, समृद्धि र स्थायित्व प्रदान, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरणको अन्त्य, संवैधानिक निकाय र ब्यूरोक्रेसीलाई राजनीतिबाट मुक्त, कर्मचारी क्षेत्रमा रहेका राजनीतिक संगठन खारेज, संविधान संशोधन गरी लुटतन्त्रमा परिणत भएको संघीयताको मोडेल परिवर्तन आदि गर्ने र आम जनता अनि जेननी विद्रोहले उठाएका विषयलाई समय तोकेरै यो–यो गरिनेछ भनी सम्बोधन भएमा अवश्य पनि मुलुकमा स्थायित्व हुनेछ, मुलुक सिस्टममा जानेछ । मुलुकलाई सिस्टममा लगी दण्डहीनताको अन्त्य हुनासाथ धेरै कुरा स्वतः हुँदै जानेछन् । यदि जनताले ब्यालेट बक्समा देशको अनुहार फेर्ने गरी दिएको मतलाई ख्याल गरिएन भने धेरै समय टिकाउ हुनेछैन भन्ने कुरा नयाँ शक्तिले बुझ्ने नै छ ।
जनताको चाहनाअनुसार मुलुकलाई सिस्टममा लैजानका लागि थरीथरी विचार भएका पार्टीका नेता र नवनिर्वाचित व्यक्तिहरुको एकता जरुरी पर्नेछ । देशका लागि केही गरेर देखाऊँ भन्ने मात्र सोचेर काम गरियो भने नेताहरुमा विवाद हुनेछैन । जब स्वार्थका लागि अगाडि बढ्न खोजिन्छ, त्यतिखेर विवाद सिर्जना हुनेछ । त्यो विवाद देशलाई अगाडि बढाउने बाटोमा काँडा बनेर तेर्सिन सक्छ । त्यसतर्फ पनि सचेत हुनुपर्नेछ । आम नागरिक निकै सचेत छन्, धेरै समय पर्खिने अवस्थामा हुने छैनन् । अर्को कुरा, निर्वाचनबाट पराजित भएका, वर्षौंसम्म सत्ताको स्वाद चाखेका पुराना पार्टीले कहाँनेर गल्ती भेटिन्छ भनी खोज्ने पनि छन् । उनीहरु सत्ताको स्वादले अनुभवी भएका हुनाले गल्ती थाहा पाउन उनीहरुलाई असहज हुनेछैन ।
जेनजी विद्रोहपछि बनेको सरकार ऐतिहासिक रुपमा निर्वाचन गराउन कसरी सफल भयो भन्ने विषय पनि अहं छ । सुशीला कार्कीलाई फेरि सत्तामा जाने लोभ थिएन । सुरक्षा निकाय र कर्मचारी संयन्त्रलाई कार्की नेतृत्वको सरकारले दुरुपयोग गरेन । मैले भनेको मानिनस् भने भोलि हामी सत्तामा आएपछि ठेगान लगाउँछौँ भनी विगतका दलीय सरकारले जस्तो धम्की दिने काम पनि सुशीला कार्की नेतृत्वको सरकारबाट भएन । जसले गर्दा निर्वाचन आयोग, सुरक्षा निकायका चारै अंगहरु, ब्यूरोक्रेसी र सरकारबीच राम्रो समन्वय भयो । जसरी हुन्छ निर्वाचन एकै चरणमा भयरहित रुपमा सम्पन्न गर्ने कुरामा अर्जुनदृष्टि बन्यो ।
नभन्दै कुनै एकठाउँमा पनि बुथ कब्जा भएन, गोली चलेन, हुलदंगा भएन, कोही घाइते भएन, विवाद भएर कुनै मतदान केन्द्रको मतदान अर्को दिन सार्नुपर्ने अवस्था भएन । यस्तो शान्तिपूर्ण र भयरहित निर्वाचन बहुदलीय व्यवस्थापछि नै भएको थिएन । विगतमा प्रधानमन्त्री, मन्त्री उम्मेदवार हुने अनि सत्ताको चरम दुरुपयोग गरेर चुनाव प्रचारप्रसारमा जाने गर्थे तर यसपटक त्यो पनि भएन । जेनजी विद्रोहपछि मन्त्रालय चलाएका मन्त्रीहरुले सामान्य कुर्सी–टेबलमै बसेर काम गरे । विगतमा जस्तो मन्त्री फेरिनासाथ कार्यालयदेखि निवाससम्मका फर्निचर फेरेर लाखौँ झ्वाम पार्ने काम पनि यसपटक भएन । कार्यालयमा खाजाको भण्डार गर्ने र निवाससम्म पु¥याउने काम पनि भएन । प्रधानमन्त्री सुशीला कार्कीकै शब्दमा भन्ने हो भने, मन्त्रालयमा चिया खाएर कार्यालयको काम प्रधानमन्त्रीदेखि मन्त्रीहरुले गरे ।
मितव्ययिताको सन्दर्भमा सरकार खरो साबित भयो । त्यति मात्र होइन, एउटा मात्र उदाहरणलाई लिँदा ०४६ सालको राजनीतिक परिवर्तनपछि ब्रिफकेस नबुझाईकन प्रहरी महानिरीक्षक बन्ने भाग्यमानी दानबहादुर कार्की मात्र भए । अब यो निर्वाचनपछि बन्ने सरकारले पनि सुशासन कायम गर्ने सन्दर्भमा यस्तै उदाहरणलाई अनुशरण गरी संवैधानिक निकाय, कूटनीतिक निकाय वा जिम्मेवार पदमा योग्य एवं स्वच्छ छवि भएका व्यक्तिको नियुक्ति गर्ने कार्य गर्नुपर्छ । त्यस्तै अनावश्यक सचिवालय नबनाउने, स्वकीय निजी सचिवका नाममा हुने बेथितिको अन्त्य गरी अत्यावश्यकबाहेक खर्च नगर्ने गरी जनताको सेवामा तल्लीन हुने काम हुने अपेक्षा र विश्वास आम नागरिकहरुको रहेको छ । त्यो विश्वास व्यवहारमा परिणत हुन सकोस् । यो जनमतको म्यान्डेट हो । साथै निर्वाचनलाई ऐतिहासिक बनाउने सुशीला कार्की नेतृत्वको सरकार, सिंगो सुरक्षा निकाय र तिनका कमान्डरहरु, ब्यूरोक्रेसी एवं निर्वाचन आयोगप्रति स्यालुटसहित बधाई !











प्रतिक्रिया