नवलपरासी।
बदलियाे काग्रेस बदल्छाै देश भन्ने राष्ट्रिय उदघाेससहित संघीय सांसदका लागि चुनावी मैदानमा उभिएका युवा ओम बहादुर घर्तीले सुकुम्वासीलाई जग्गासँगै रोजगारी दिने नीति बन्ने बताएका छन् ।
उनले सोमबार नवलपरासी पूर्वको डण्डामा आफ्ना चुनावी कार्यक्रम माझै पत्रकार भेटघाट गरी साे कुरा बताएका हुन् ।
आफ्नै क्षेत्र पूर्वी नवलपरासी २ का उम्मेदवार घर्ती मगरले भने सुकुम्वासी समस्या झण्डै ४० बर्षदेखि सुन्दै आएकाे र यसकाे स्थायी समाधानका लागि जग्गा जमिन विहीन परिवारलाई स्थायी जग्गाका साथै पूर्ण राेजगारकाे नीति राज्यले बनाउनु पर्छ ।
उनले आफ्नाे क्षेत्रकाे मुख्य समस्या त्रिवेणी दुम्किबास पहुँच मार्ग,नदी कटान नियन्त्रण,युवा स्वराेजगार कार्यक्रम तथा बिदेशमा आर्जित सिपलाई स्वदेशमा नै प्रयाेग गर्ने वातावरण सिर्जना गर्न लागि पर्ने बताए ।
बिगत ३० वर्ष सम्म अन्य दलका जन प्रतिनिधिले पार्न नसकेकाे बजेट र विकास याेजना काग्रेस सरकारले पछिल्ला वर्षहरूमा ल्याएर क्षेत्रकाे बिकासमा लगाई रहेको घर्तीले दाबी गरे ।
उनले जनता एवं मतदाता सामु आफूले पूरा गर्न सक्ने याेजना र आश्वासन दिएकाे र जसलाई पूरा गर्न जनप्रतिनिधि भएर वा नहुदाका अवस्थामा पनि लागि रहने बताए ।
म जन प्रतिनिधि नहुँदा पनि यहाँको सदरमुकाम निर्माणमा अड्किएका फाईल खाेज्दै थप बजेटकाे सुनिश्चितता, निर्माण क्षेत्रमा पर्ने रूख हटाउन लिनु पर्ने आदेश लगायत त्रिवेणी दुम्किबास सडकमा देखा परेका बाधा खुलाउन अन्य जनप्रतिनिधिसंग गाउँदेखि केन्द्रसम्म धाई रहेको व्यहाेरा पत्रकारहरूका जिज्ञासमा राखेका थिए ।
बिगत सरकारकाे नेतृत्वमा नरहेर पनि साथ समर्थन रहेका हिसावले जेनजी मुभमेण्टमा भएकाे कमजोरीकाे क्षमायाचना सहित युवा आवाजलाई सम्बाेध गर्ने देशकाे एकमात्र पार्टी नेपाली कांग्रेस हाे जसले युवाका भावना र विषयबस्तु बाेकेर चुनावी मैदानमा उत्रिएकाे घर्तीकाे भनाई रहेको छ ।
उनले स्थानीय विकास याेजनामा प्राथमिकि करण र सम्भावनै सम्भावना बाेकेकाे देशमा राेजगार मुखी नीति निर्माणका लक्ष्य लिएर यहाँको ४० वडाका मतदाता समक्ष पुगेको र यहीको जन समर्थनले आफू विजयी हुने कुरामा ढुक्क रहेको बताए ।
उम्मेदवारहरूकाे घरदैलाे र सडक प्रदर्शन संगसगै ठाउँ ठाउँमा कोण सभा
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत सार्वजनिक चुनाव प्रचारप्रसारकाे अन्तिम दिन जिल्लामा दलहरू आफ्ना उम्मेदवारका साथ घरदैलाे र सडक प्रदर्शन संगसगै ठाउँ ठाउँमा कोण सभा गरेका छन् ।
दलहरूले जिल्लाकाे दुबै क्षेत्रका भित्री सडक,गाउँ घर तथा सडक बजारमा कांग्रेस ,एमाले,रास्वपा,राप्रपा,नेपाली कम्युनिस्ट पार्टी लगायतले माेटर साईकल रयाली र माइकिङ गरेका थिए ।














प्रतिक्रिया