काठमाडौँ ।
निर्वाचन पर्यवेक्षण सम्बन्धी संस्थाहरूले प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना अत्याधिक भएको निष्कर्ष निकालेका छन्। आम निर्वाचन पर्यवेक्षण समिति (जिओक) र निर्वाचन पर्यवेक्षण समिति (इओक) नेपालले शनिबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले तयारीमा प्रभावकारी काम गरे पनि आचारसंहिता कार्यान्वयनमा कमजोरी देखिएको आरोप लगाएका हुन्।
प्रतिवेदन अनुसार यसपटक डिजिटल माध्यमबाट हुने उल्लंघनका घटना उल्लेख्य रूपमा बढेका छन्। सामाजिक सञ्जालमा घृणा र द्वेषपूर्ण अभिव्यक्ति, अमर्यादित पोस्ट, गालीगलौज तथा मिथ्या र भ्रामक सूचनाको प्रवाह तीव्र भएको जनाइएको छ।
राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, पत्रकार, कलाकार तथा सामाजिक अभियन्ताबाट समेत आचारसंहिता उल्लंघन भएको भन्दै आयोगले समयमै प्रभावकारी निगरानी र नियमन गर्न नसकेको दाबी गरिएको छ।











प्रतिक्रिया