काठमाडौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित राष्ट्रहरूले आफ्नो जलवायु प्रतिवद्धता पूरा गर्दै सन् २०३५ सम्म विकासोन्मुख देशहरूलाई वार्षिक १.३ ट्रिलियन अमेरिकी डलरको वित्तपोषण उपलब्ध गराउनुपर्ने बताएका छन्।
गुटेरेसले यो आह्वान इथियोपियाको राजधानी अदिस अबाबास्थित अफ्रिकी युनियन (AU)को मुख्यालयमा शनिवार सुरु भएको अफ्रिकी युनियनका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको ३९औँ साधारण सत्रको उद्घाटन सत्रमा गर्नुभएको हो।
उनका अनुसार, जलवायु परिवर्तनले पृथ्वी र मानव जीवनमा विनाशकारी असर पार्दै आएको छ र यसको सामना गर्न सबै देशको सक्रिय सहयोग अपरिहार्य छ।











प्रतिक्रिया