काठमाडौँ ।
आज हिन्दु धर्मावलम्बीहरूले प्रमुख पर्व महाशिवरात्रि श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन्। फागुन कृष्ण चतुर्दशीका दिन पर्ने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा मानिन्छ। पुराणअनुसार, शिवजी प्रकट भएको रात सम्झेर यो पर्व मनाइन्छ र यसलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख पवित्र रात्रिमध्ये एक मानिन्छ।


महाशिवरात्रि विशेष गरी दुःखी र कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनको रूपमा लिइन्छ। यस अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न भक्तजनहरूको ठूलो भीड देखिएको छ।


मन्दिर परिसरमा साधुसन्तहरूले धुनी बालेर रहेका छन् भने भक्तजनहरू बिहानैदेखि दर्शनको लागि लाइनमा बसेका छन्।












प्रतिक्रिया