वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन, भोलि बिहान गैह्रीधारामा श्रद्धाञ्जलीका लागि राखिने


काठमाडौँ । 

विश्वबन्धु थापाको उपचारका क्रममा आज साँझ निधन भएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए।

परिवारका अनुसार थापाको पार्थिव शरीर भोलि बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित निजी निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। श्रद्धाञ्जली कार्यक्रमपछि पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने जनाइएको छ।

थापाको निधनप्रति राजनीतिक दलका नेताहरू, शुभेच्छुक तथा समर्थकहरूले दुःख व्यक्त गरेका छन्। नेपाली राजनीतिमा उनको योगदान, वैचारिक अडान र स्पष्ट अभिव्यक्तिका कारण उनी विशिष्ट पहिचान बनाएका नेता मानिन्थे।

उनको निधनसँगै मुलुकले एक अनुभवी र स्पष्ट वक्ता राजनीतिज्ञ गुमाएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।