नयाँ चिनियाँ राजदूत आइपुगे, दुई देशको सम्बन्ध सुदृढ पार्ने प्रतिबद्धता


काठमाडौँ ।

नेपालका लागि चीनका नयाँ राजदूत Chang Maoming शुक्रबार काठमाडौँ आइपुगेका छन्। २३औँ चिनियाँ राजदूतका रूपमा आएका उनले पदभार ग्रहण गर्दै नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

राजदूत चाङले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणमा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताप्रति चीनको समर्थन दोहोर्‍याए। साथै, नेपालले पालना गर्दै आएको ‘एक–चीन’ सिद्धान्तप्रति प्रशंसा व्यक्त गरे।

उनले राष्ट्रपति Xi Jinping को विश्वासिलो दूतका रूपमा काम गर्ने जिम्मेवारीलाई सम्मानका रूपमा लिएको बताए। सन् २०१९ मा सी जिनपिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको स्मरण गर्दै बीआरआईअन्तर्गत सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

यसअघि राजदूतका रूपमा रहेका Chen Song आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किसकेका छन्।