काठमाडौँ ।
प्रत्येक वर्ष फेब्रुअरी १४ मा विश्वभर Valentine’s Day अर्थात् प्रणय दिवस मनाइन्छ। प्रेमका पक्षधर सन्त Saint Valentine को सम्झनामा मनाइने यो दिवस पछिल्लो समय विश्वभर पर्वकै रूपमा स्थापित भएको छ। नेपालमा पनि विशेष गरी युवायुवतीले उत्साहपूर्वक यो दिन मनाउने गरेका छन्।
इतिहासअनुसार तेस्रो शताब्दीमा रोमन शासक Claudius II ले सैनिक र अधिकारीलाई विवाह गर्न प्रतिबन्ध लगाएपछि सन्त भ्यालेन्टाइनले त्यसको विरोध गर्दै गोप्य रूपमा विवाह गराइदिएका थिए। यसै कारण उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको विश्वास गरिन्छ।
भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाले एकअर्कालाई फूल, कार्ड र चकलेट उपहार साटासाट गर्ने तथा प्रेम प्रस्ताव राख्ने चलन रहेको छ। पछिल्ला वर्षहरूमा फेब्रुअरी ७ देखि १४ सम्म रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, चुम्बन डे, हग डे हुँदै सप्ताहव्यापी रूपमा यो दिवस मनाउने प्रचलन समेत बढ्दो छ।











प्रतिक्रिया